Global College

एक वर्षमा औद्योगिक कर्जा साढे ८ प्रतिशतले बढ्यो, साढे १८ खर्ब पुग्यो औद्योगिक कर्जा

काठमाडौं ।  सरकारले औद्योगिक कर्जामा वृद्धि भएको जनाएको छ । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा ८.६४ प्रतिशतले वृद्घि भई रु.१८ खर्ब ४६ अर्ब २९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ११.९५ प्रतिशतले बढेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३१.०२ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये बैभन्दा बढी गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३३.३७ प्रतिशत, विद्युत ग्याँस तथा पानीसम्बन्धी उद्योगमा २७.२६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २१.६४ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा १३.२४ प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ३.९१ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा ०.५७ प्रतिशत कर्जा प्रवाह भएको छ ।

बागमती प्रदेशमा सबैभन्दा बढी

औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी रु.१३ खर्ब ३४ अर्ब ३५ करोड कर्जा लगानीमा रहेको छ । औद्योगिक कर्जामा कोशी  देशमा प्रवाहित कर्जाको हिस्सा ९.४ प्रतिशत, मधेश प्रदेशको ७.० प्रतिशत, बागमती प्रदेशको ७२.३ प्रतिशत, गण्डकी प्रदेशको १.६ प्रतिशत, लुम्बिनी प्रदेशको ८.० प्रतिशत, कर्णाली प्रदेशको ०.३ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.५ प्रतिशत रहेको छ ।

NECO

Leave Your Comment

Related News