काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर ११ गते कम्पनीको ५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि शेयरमूल्य समायोजन गरेको हो । यो दिन कायम कम्पनीको अन्तिम शेयरमूल्य २८७ रुपैयाँको आधारमा नेप्सेले मूल्य समायोजन गरी बोनस शेयरपछिको मूल्य २७३ रुपैयाँ ३३ पैसा तोकेको छ । आगामी कारोबार दिन कम्पनीको शेयर कारोबार समायोजनपछिको मूल्यको आधारमा खुला हुनेछ ।
यस कम्पनीले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तवा गरेको छ । मंसिर २५ गते लाभांश पारितका लागि साधारण सभा बोलाएको कम्पनीले मंसिर १४ गते सोमवार एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोका आधारमा मंसिर ११ गते शुक्रवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।



