Global College

एभरेष्ट कलरको वार्षिक साधारणसभा आह्वान, के-के छन् प्रस्तावहरु ?

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले पुस १३ गतेका लागि तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको हो ।

उक्त सभा ह्वाइट प्यालेस बैंकेट, मध्यपुर थिमी – ३, भक्तपुरमा मध्यान्न साढे १२ बजे सुर हुने छ । साधारणसभामा सामान्य प्रस्ताका रुपमा संचालक समितिको तर्फबाट साधारण सभामा अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनलाई पारित गर्ने छ । त्यस्तै कम्पनीको आ.व. २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह हिसाब सहितको लेखा परीक्षण प्रतिवेदनलाई पारित गर्ने, आ.व.२०८३/८४ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमीक तोक्ने सम्बन्धमा, कम्पनीको संचालक समितिमा सर्वसाधारण सेयरधनी समूहबाट २ (दुई) जना संचालक सदस्यहरुको निर्वाचन गर्ने सम्बन्धमा, कम्पनीको प्रबन्ध संचालकको पारिश्रमिक तथा भत्ता स्वीकृत गर्ने सम्बन्धमा, संचालकको बैठक भत्ता सम्बन्धमा र संचालक समितिबाट आ.व. २०८२/८३ मा भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्ने छ ।

विशेष प्रस्तावका रुपमा आ.व.२०८३/८४ को लागि कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) ले व्यवस्था गरे भन्दा बढिको खर्चलाई पूर्व स्वीकृतीको लागि सभा समक्षे पेश गर्ने र अनुमोदा गर्ने छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गते एक दिन बुक क्लोज गर्ने छ । यस अनुसार मंसिर २९ गते भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले वार्षिक साधारणसभामा भाग लिन पाउने छन् ।

NECO

Leave Your Comment

Related News