CLI

माछापुछ्छ्रे बैंकका ग्राहकले बिगमार्टमा आकर्षक छुट पाउने

काठमाडौं ।  बिग मार्टका आउटलेटहरुबाट माछापुछ्छ्रे बैंकका ग्राहकहरुले सामान खरिद गर्दा आकर्षक छुट पाउने भएका छन् । छुट पाउन ग्राहकले सामान खरिद गर्दा बैंकले  उपल्ब्ध गराएका डिजिटल माध्यमहरुबाट भुक्तानी गर्नु पर्नेछ  । छुट पाउने सम्वन्धमा बैङ्क र बिगमार्ट बीच सम्झौता भएको छ ।

यसै बीच बैंकले ग्राहकले हरेक सोमबार  बैङ्कको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस (pso) बाट बिग मार्ट  मा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु. २०० सम्मको क्यासब्याक प्रदान गर्ने छ ।

माछापुछ्छ्रे बैंकले देशभर रहेका ३०० भन्दा बढि विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेकोजनाएको छ । यस प्रकारको सम्झौताले गर्दा  ग्राहकहरुलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थाहरु लाई व्यापार प्रवद्र्वनमा सघाउ पुगेको बैङ्कले विस्वास लिएको छ  ।

बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन  तथा सेवाहरू संचालन गरिरहेको पनि जनाएको छ  ।

माछापुछ्छ्रे बैंक हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० एटिएम मार्फत बैङ्किङ कारोबार गरिरहेको छ

 

Leave Your Comment

Related News