काठमाडौं ।सरकारी कार्यालयमा कार्यरत सरकारी कर्मचारीले कार्यालय समयमा शेयर कारोबार गर्न नपाउने भएका छन् । सरकारी कर्मचारी कार्यालय समयमा शेयर खरिद बिक्रिको लागि कम्प्युटर, ल्यापटप स्क्रोल गरेर बस्ने गरेको र सेवाग्राहीको काममा गम्भीर असर परको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
अख्तियारले सोही उजुरीमा माथि छानबीन गर्दै सरकारलाई निर्देशनात्मक पत्र पठाएको छ । अख्तियारले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयलाई पत्र पठाउदै यस्तो बताएको हो । यो निर्देशन सरकारले कार्यान्वयन गर्दा सरकारी कार्यालयमा कुनैपनि शेयर कारोवार हुने ब्राउजर ति डिभाइसमा खुल्ने छैनन् भने सो समयमा कर्मचारिले शेयर कारोवार गर्न पाउने छैनन् ।


