CLI

करिब साढे ६८ करोडले घटेको शेयर बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं ।  पछिल्ला दिनमा निरन्तर ओरोला लागेको शेयर बजार साताको दोस्रो दिन पनि घटेको छ । सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.५३ अंकले घटेर ४६९.१८ विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबारको तुलनामा सोमबार कारोबार रकममा ६८ करोड ३३ लाख २ हजार रुपैयाँले कमी आयो । आइतबार ३२८ वटा कम्पनीको कारोबार रकम १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँ रहँदा सोमबार भने कारोबार रकम ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ रह्यो । सोमबार ३२७ वटा कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर कारोबार भएको थियो ।
सोमबार १३ वटा समूह सूचकको सेयर मूल्य घटेको छ । बैकिङ ३४, विकास बैंक १०२, वित्त ७७ , होटल र पर्यटन १८४, जलविद्युत ८१, लगानी ०.३७, जीवन बीमा ३३४, उत्पादन र प्रशोधन ९०, लघुवित्त १२३, म्युअुचल फण्ड ०.२०, निर्जीवन बीमा ३३३, व्यापार १३ र अन्य समूह ३८ अंकले घटेको छ ।

सोमबार सबैभन्दा बढी करोबार हुनेमा सीइडीबी हाइड्रोपावार, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हाथवेय इन्भेष्टमेन्ट नेपाल, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अपि पावर कम्पनी रह्यो । सीइडीबी हाइड्रोपावारको ३७ करोड रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स कम्पनीको २७ करोड ९४ लाख रुपैयाँ, हाथवेय इन्भेष्टमेन्ट नेपालको २३ करोड ९२ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको २३ करोड १५ लाख रुपैयाँ र अपि पावर कम्पनीको २१ करोड ४५ लाख रुपैयाँ बराबर करोबार भयो ।

Leave Your Comment

Related News