कोरोना बीमा दाबी सम्बन्धमा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमा रकम दाबी सम्बन्धमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । कोरोना बीमाको दावी भुक्तानी गर्न माग गर्दै नेपाल बीमक संघ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको ।

सर्वोच्चले सरकारलाई १५ भित्र कोरोना बीमा दाबी भुक्तानीबारे अदालतले किन आदेश नदिने भन्नेबारे कारणसहित उपस्थित हुन आदेश दिएको छ ।

कोरोना बीमा दाबीवापतको ११ अर्ब रुपैयाँ भुक्तानीको माग गर्दै नेपाल बीमक संघले दायर गरेको रिट उपर सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

यस्तै, उक्त मुद्दा अग्राधिकार दिएर पेश गर्ने आदेशसमेत सर्वोच्चले दिएको छ । अर्थात अबको पेशीमा यो सम्बन्धित इजलासको सबैभन्दा पहिलो नम्बरमा पेशी हुनेछ ।

बीमा कम्पनीहरूको तर्फबाट संघका महासचिव अशोककुमार खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए ।

संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल बीमा प्राधिकरणलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार