काठमाडौं । युरोप को टप ३ घरायसी उपकरण ब्राण्ड बेकोले दशैं तिहारमा ब्रिङ होम ह्यापिनेस योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बेकोको घरायसी सामान खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको आकर्षक छुट को साथै हात खाली नजाने उपहारहरु रहेका छन् ।
बेकोको वाशिंग मेसिनको खरिदमा ६ केजी डिटरजेंट, डिसवासरको खरिदमा फोरचुन टयावलेट, साइड बाइ साइड रेफ्रीजेरेटर र सिंगल डोर रेफ्रीजेरेटर को खरिद मा आकर्षक छुट, डबल डोर रेफ्रीजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनडिंग ओवेन को खरिद मा प्रेसर कुकर र एसीको खरिदमा नि:शुल्क जडान को सुबिधा ल्याएको छ ।
बेको युरोपको नं. १ ब्राण्ड रहेको छ । साथै बेको संसार भरि १४० भन्दा बढी देशमा आफ्नो उपकरणहरु बिक्री वितरण गर्दै आएको छ ।
नेपालमा चौधरी ग्रुपले बिगत केहि वर्षदेखि नेपालको लागि अधिकारिक बिक्री तथा वितरण गरिरहेको बेको को घरायसी समानहरुमा १०० प्रतिशत पार्ट्स उपलब्ध गराउनुको साथै सर्विस ग्यारणटी पनि निश्चित गरेको छ ।


