करिब ३ अर्बले घटेको बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । निरन्तर आरोलो लागेको शेयर बजार साताको तेस्रो दिन पनि घटेको छ । मंगलबार नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८० अंकले घटेर ४६७.३८ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबारको तुलनामा मंगलबार शेयर कारोबार रकम २ अर्ब १९ करोड ३५ लाख ३८ हजार रुपैयाँले घटेको छ । मंगलबार काराबार रकम ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँ रहँदा सोमबार भने कारोबार रकम ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

सबैभन्दा बढी करोबार हुनेमा हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, सीइडीबी हाइड्रोपावार,एनएलजी इन्स्योरेन्स र अपि पावर कम्पनी रह्यो ।

हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको २९ करोड ८१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स कम्पनीको २१ करोड ७६ लाख रुपैयाँ , सीइडीबी हाइड्रोपावारको २९ करोड ३४ लाख रुपैयाँ ,एनएलजी इन्स्योरेन्सको १९ अर्ब ४२ करोड रुपैषरा र अपि पावर कम्पनीको १६ करोड २० लाख रुपैयाँ बराबर कारोबार भयो ।

मंगलबार ३२८ वटा कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर कारोबार भएको छ । मंगलदबार ६७ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७० वटा कम्पनीको शेय मूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार