अनुगमन छाडेर वाणिज्य विभागका महानिर्देशक पौडेल र निर्देशक पाण्डे चीन भ्रमणमा, मन्त्री भण्डारीले पठाए भ्रमण

काठमाडौं ।  चाडवाड नजिकिए सँगै बजार मूल्य कृत्रिम रुपमा बढाएर व्यापारीहरुले उपभोक्तालाई दुःख दिने समयमा वाणिज्य विभागका महानिर्देशक राजन पौडेले भने चीन भ्रमणमा निस्केका छन् । कृत्रिम रुपमा बजार मूल्य बढ्दै जाँदा महानिर्देशक पौडेले भने त्यसलाई वेवास्ता गर्दै चीन भ्रमणमा गएका हुन् भने यसको स्वीकृत वाणिज्य मन्त्री दामोदर भण्डारीले दिएका हुन् ।
मन्त्री भण्डारीले चीनमा भएको वाणिज्य सम्वन्धि छलफलमा भाग लिनका लािग महानिर्देशक पौडेले चीन जान अनुमति दिएका हुन् ।

मन्त्री भण्डारीले विभागका महानिर्देशक पौडेले र निर्देशक राकेश पाण्डेलाई वाणिज्य सम्वन्धि छलफलमा भाग लिनका लागि चीन पठाएका हुन् । महानिर्देशक पौडेले चीन गएको आज १० दिन बढी भइसकेको छ । चाडवाडको मुखमा बजार अनुगमन प्रभावकारी बनाउनु पर्नेमा महानिर्देशक विदेश जाँदा बजार अनुगमन प्रभावित बनेको वाणिज्यका अधिकारीहरु बताउछन् । दशैंको मुखमा व्यापारीहरुले खाद्यन्न, तेलहन, लत्ताकपडा लगायतका सामग्रीमा मूल्यवृद्धि गर्छन् त्यसैले गर्दा अनुगमन अनिवार्य रहेको छ तर महानिर्देशक पौडेल तथा निर्देशक पाण्डे विभागमा नहुदाँ दैनिक क्रियाकलाप तथा बजार अनुगमन समेत प्रभावित बनेको अधिकारीहरु बताउछन् । अर्कोतर्फ विभागसँग पर्याप्त जनशक्ति नहुदाँ कार्यालयको काम र बजार अनुगमन समेत प्रभावित बन्ने गरेकोमा महानिर्देशक पौडेल र निर्देशक पाण्डेको चीन भ्रमणले त्यसलाई असर पार्ने निश्चित रहेको छ ।

विभागले हाल ४ वटा टोलीमार्फत् बजार अनुगमन गरिरहेको छ भने दसै, तिहार र छठ आदि चाडवाडका लागि १२ वटा टोली बनाएर अनुगमन गर्ने तयारी विभागको रहेको छ । अनुगमनका लागि पर्याप्त जनशक्ति अभाव र बजार अनुगमनका लागि निर्देशनको अभावमा समान्य बजार अनुगमन गरिरहेको शाखा अधिकृत गायत्र श्रेष्ठले जानकारी दिए । एउटा समूहमा ३ देखि ४ जना सदस्य रहने र खाद्यन्न, तेलहन स्टोरका साथै लत्ताकपडा आदि पसल तथा स्टोरहरुको अनुगमन गरिने उनले बताए । विभागले बजार अनुगमनको लागि जनशक्तिको अभावका साथै सवारी साधनको समेत समस्या भोग्दै आएको छ । महानिर्देशक पौडेले सम्पूर्ण व्यवस्था गरी चाडवाडको मुखमा उपभोक्ता ठगिनबाट वञ्चित गर्नुमा विदेश भ्रमणले गर्दा त्यसो हुन सकेको छैन । बजारमा वाणिज्य अर्थात् बजार अनुगमनको काम चाडवाड नजिकिए सँगै हुन्छ भने अर्कोतर्फ यो प्रभावकारी समेत नहुदाँ उपभोक्ता ठगिन पुगेका छन् । चाडवाडको समयमा फरक मूल्यसूची नहोस्, मूल्यवृद्धि नहोस् , अखाद्य सामग्रीको बिक्री वितरण नहोस् भनेर वाणिज्यले अनुगमन प्रभावकारी बनाउनु पर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउछन् । चाडवाडको नाममा उपभोक्ता ठगिनु हुदैन यसमा वाणिज्य विभाग चनाखो हुनुपर्दछ उनले भने ।

विभागले बजार अनुगमनका लागि जिल्ला प्रशसान कार्यालय र स्थानीय तहको समेत साथ चाहेको छ । बजार अनुगमनका लागि प्रमुख जिल्ला अधिकार र स्थानीय निकायमा रहेका महानगरपालिका र नगरपालिकमा रहेका बजार अनुगमन कार्यालयको सहयोग भएमा बजार अनुगमन प्रभावकारी रुपमा अघि बढ्ने विभागका अधिकारीहरुले बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार