सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्न रोक, सरकारी कार्यालयमा टीएमएस प्रतिबन्ध

काठमाडौं । सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्न रोक लगाइएको छ। सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्दा सेवाग्राहीको काम प्रभावित भएको भन्दै सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको हो ।

सरकारी कार्यालयमा टीएमएस प्रतिबन्ध लगाएको प्रधानमन्त्री केपीशर्मा ओलीले जानकारी दिएका छन् ।

‘सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सरकारी कर्मचारीले कार्यालयबाट सो समयमा शेयर कारोबार गर्न नपाउने

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार