आरविवि मर्चेन्ट बैंकिङ्गको १८ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत लगानीमा स्थापित संस्था आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको नाफाबाट १८ प्रतिशत लाभांश दिने भएको छ ।

सञ्चालक समितिको बैठकले कम्पनीको शेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने रकम ३ करोड ६० लाख रुपैयाँ (कर सहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । कम्पनीको नवौं वार्षिक साधारण सभाबाठ पारित भएपछि उक्त लाभांश हस्तान्तरण गरिने छ ।

यस कम्पनीले शेयरधनीराष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई विगत वर्षहरु देखि नै लगातार नगद लाभांस वितरण गर्दै आएको छ । यस कम्पनीको अध्यक्षमा सरस्वती अधिकारी रहेको र प्रमुख कार्यकारी अधिकृतको रुपमा बद्रिप्रसाद प्याकुरेल रहेका छन् ।

बैंक कोष प्रवद्र्धक रही यस कम्पनी योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत सञ्चालित बन्दमुखी योजना आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आव २०८०/०८१ को लागी योजनाको इकाईधनीहरुलाई कर सहित क्रमश: ३.८१% र ८.७४% का दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको छ ।

बैंकले देशभर रहेका २९४ वटा शाखा कार्यालयहरुबाट हितग्राही तथा मेरो शेयर खाता खोल्ने कार्य भैरहेको छ । कम्पनीले दुरदराजमा रहेका लगानीकर्तालाई हितग्राही खाता खोली लगानीको अवसर प्रदान गर्दै आइरहेको छ । आर्थिक वर्ष २०८०/८१ को मसान्त सम्ममा हितग्राही खाताको संख्यामा बृद्धि भै करिब दुई लाख पुग्न लागेको र मेरो शेयरको ग्राहकको संख्या डेढ लाख माथि पुगेको छ ।

१५ वटा कम्पनीहरुको शेयर रजिष्ट्रारको कार्य गर्दै आईरहेको कम्पनीले विभिन्न संस्थाको आईपीओ, एफपीओ, राइट शेयर, अन्डरराइटिङको व्यवस्थापनको कार्यहरु गर्दै आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार