CLI

कुमारी बैङ्कका यी शाखाबाट साधारणलाई सुकिलो नोट सटही गर्न पाइने

काठमाडौं । बडा दशैं २०८१ सालको अवसरमा कुमारी बैङ्कले रु.५, रु.१०, रु.२०, रु. ५०, र रु.१०० दरको नोट सर्वसाधारणलाई सटही सुबिधा दिने भएको छ  ।

बैङ्कको कोशी प्रदेश अन्तर्गत विराटनगर, इटहरी, बिर्तामोड शाखा  मधेश प्रदेश अन्तर्गत बरहथवा, मलंगवा, लहान शाखा   गण्डकी दमौली, आँबुखैरेनी, पोखरा (न्युरोड),चिप्लेढुंगा, बागलुङ, गैंडाकोट शाखा  लुम्बीनी प्रदेश अन्तर्गत नेपालगंज, घोराही, सिद्धार्थनगर, ट्राफिकचोक बुटवल, तुलसीपुर शाखा  कर्णाली प्रदेश अन्तर्गत सुर्खेत, बिरेन्द्रनगर शाखा  सुदुरपश्चिम प्रदेश अन्तर्गत धनगढी, अतरिया, कंचनपुर शाखा र  बागमती प्रदेश अन्तर्गत पुतलीसडक, हात्तीगौडा, बानेश्वर, सिफल, वसुन्धरा, लालदरबार, कुमारीपाटी, न्युरोड, कालीमाटी, ब्यासी, पेप्सीकोला, हाकिमचोक, महाराजगंज, खुसिबुँ बाट मा सुकिला नोट साट्ने ब्यवस्था मिलाएको बैङ्कले  जनाएको छ ।

 

Leave Your Comment

Related News