शिवम होल्डिङग्स लिमिटेडको तेस्रो वार्षिक साधारण हुँदै, नगद लाभांस पारित गर्ने

काठमाडौं । शिवम होल्डिङग्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा २०८१ असोज ३० गते कम्पनीको कार्यालयको सभाहल अनामनगर, काठमाडौंमा  विहान ११:०० बजेलाई बोलाएको छ  । सभामा भौतिक रुपमा र अनलाईन माध्यमबाट पनि सहभागि हुन सकिने कम्पनीले बताएको छ ।

साधारणसभाले आ.व. २०८००८१ को बार्षिकको कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्न प्रतिवेदन ( सम्लग्न ) माथि छलफल गरी पारित गर्ने छ ।

कम्पनीको आ.व. २०८०l०८१ को लेखापरीक्षकज्यूले पेश गर्नु भएको ले.प. प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाव किताव, नगद प्रवाह विवरण सहितका संलग्न अनूसूचीहरु माथि छलफल गरी पारित गर्ने,कम्पनीको आ.व. २०८१ २०८२ को आय व्ययको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने,  कम्पनीको आ.व. २०८०l०८१ को मुनाफा समेतबाट कम्पनीमा हाल कायम शेयरधनीहरुलाई चुक्ता पूँजी रु. ४ अर्व ६४ करोडको २.५० % (दुई दशमलव पाँच शुन्य ) प्रतिशत दरले हुन आउने रु. ११,६०,००,०००। (एघार करोड साठी लाख रुपैया ) मात्र नगद लाभांस वितरण गर्ने बिषयमा छलफल गरी पारित गर्ने जनाइएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार