ग्लोबल आइएमई बैंकको दाङको तुल्सीपुर मालपोत कार्यलयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले दाङको तुल्सीपुर मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।  तुल्सीपुर उप-महानगरपालिका प्रमुख टिकाराम खड्काले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्  । यो सँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ६८ पुगेका छन्  ।

एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।

बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा स्थानबाट बैङ्किङ सेबा प्रबाह गर्दै आएको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार