काठमाडौं । सिटिजन्स बैंकले बाढी पहिरो पिडितलाई सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग जम्मा गर्ने भएको छ । बैङ्कले विगत दुई दिनदेखि परेको अविरल वर्षाको कारण पुगेको धनजन क्षेतिबाट मारमा परेका नागरिकलाई राहत स्वरुप सो रकम जम्मा गर्ने निर्णय गरेको हो ।
बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पहिरो पिडितलाई राहत दिन सो रकम उपलब्ध गराएको हो । राहत रकम उपलब्ध गराउने निर्णय जानकारी दिदै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भने, ‘सिटिजन्स बैंकले यस संकटको घडीमा हामीले हाम्रो सिमित स्रोत साधनबाट विभिन्न जिल्लालाई सहयोग गरिरहेका छौं । यो कोष प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ।