CLI

एमएडब्लु वृद्धि मोटर्सको ईभी किन्नेलाई राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लु वृद्धि मोटर्स प्रालि बीच विद्युतीय (ईभी) गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट) को नामी सेरेस ईभी गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ ।

कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडीको बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा सात वर्ष सम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

 

Leave Your Comment

Related News