जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

काठमाडौं । जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्स लिमिटेडले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ । यी गाडीका ग्राहकलाई सरल रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका लागि जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडीको अधिकृत विक्रेता पूजा कन्स्ट्र्रक्सन नेपाल प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअन्र्तगत यी दुवै ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकलाई रिलायन्सले सजिलैसँग ७० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ । फाइनान्स कम्पनीले आकर्षक र प्रतिस्पर्धी ब्याजदर, लचिलो ऋण अवधिका साथै सम्पूर्ण प्रक्रियामा व्यक्तिगत परामर्श समेत दिनेछ ।

सम्झौतामा पूजा कन्स्ट्र्रक्सन नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यो सहकार्यले जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय सवारीसाधन किन्न चाहने ग्राहकलाई थप सुविधा हुने र नेपाली बजारमा गाडी खरीद गर्न चाहने ग्राहकको आकांक्षा पूरा हुने अपेक्षा गरिएको छ । ७० प्रतिशतसम्मको कर्जा सुविधाले वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने छ ।

हायर पर्चेज शीर्षकको उक्त कर्जा ग्राहकले रिलायन्स फाइनान्सको काठमाडौं उपत्यकाको हकमा सीतापाइला शाखाबाट र उपत्यकाबाहिरको हकमा सबै शाखाबाट लिन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

पूजा कन्स्ट्रक्सन प्रालि नेपालको प्रतिष्ठित व्यापारिक घराना विशाल ग्रुप अन्तर्गतको कम्पनी हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार