CLI

बीमा कम्पनीहरूलाई दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न निर्देशन

काठमाडौं । हालै अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको विषम परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले सबै बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा यथाशक्य छिटो सहयोग रकम जम्मा गर्न निर्देशन दिएको नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिएका छन् ।

 

Leave Your Comment

Related News