एभरेष्ट बैंकको साढे १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको असोज २० गतेसम्म ३० औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ पर्षका लागि पुन निर्बिरोध निर्वाचित गरेको छ । आव २०८१/८२ को लागि एन. अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार