हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडक सञ्चालनमा

काठमाडौं । असोज दोस्रो साता आएको  अविरल वर्षाको बाढीपहिरोले अवरुद्ध भएको  काठमाडौँबाट- हेटौँडाका छोटो दूरीको हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडक सञ्चालनमा आएको छ ।

बाढी र पहिरोको कारण सो सडक अबरुद्द थियो । डाइर्भन बनाएर उक्त सडक आइतबार साँझबाट सुचारु गरिएको हो।

अविरल वर्षाका कारण अवरुद्ध रहेको हेटौँडा काठमाडौँ छोटो दुरीको हेटौँडा–फाखेल–काठमाडौँ र हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिए। यो सडक सुचारु भएपछि चाडपर्वको बेला यात्रुलाई हेटौँडा–काठमाडौँ आउजाउका लागि सहज बनेको पोखरेलले बताए।

सडक बगाएको केहीदिनपछि मर्मतको काम सुरु गरिएकोमा एक हप्ताभित्रै डाइभर्सन बनाएर सवारी सुचारु गर्न सफल भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

हेटौँडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ पुग्ने दुवै सडक आइतबारबाट नै सञ्चालनमा आएका हुन्। सिस्नेरी तर्फको बाटोको लागि खोलाको बगरबाटै अस्थायी ट्रयाक निर्माण गरेको छ।

३ किलोमिटर दुरीमा रहेको सिस्नेरी बजारसम्म नै खोलाको बगरबाट ट्रयाक बनाइएको हो। सिस्नेरीको टेकर बजार प्रवेश नै नगराई बगरबाटै सवारी साधनहरू सिस्नेरी पुग्नेगरी बाटो बनाइएको निर्देशनालयले जनाएको छ। सिस्नेरीबाट काठमाडौँ तर्फको खण्डमा रहेका ४० वटा पहिरो पन्छाएर निर्देशनालयले सडकमा यातायात सञ्चालन गरेको हो।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार