नेपाल बैङ्कका खातावालाले समाज डेण्टल अस्पतालमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरुमा रहेका क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा छुटमा  पाउने भएका छन् । सो सम्वन्धमा  बैङ्क र अस्पतालका बीच सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम अस्पतालमा उपचारको क्रममा लाग्ने शुल्कमा  नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले विल रकमको १५ प्रतिशत र बैंकमा खाता रहेका ग्राहकले १० प्रतिशत सम्म छुट पाउने भएका छन्  ।

यो सहमतिसँगै नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले समाज डेण्टल अस्पतालका काठमाडौं स्थित नयाँ बानेश्वर, बसुन्धरा, पेप्सीकोला, जोरपाटी, सितापाइला, भक्तपुरस्थित कौशलटार, ललितपुर स्थित जावलाखेल, ईमाडोल र काभ्रेपलाञ्चोक स्थित बनेपामा रहेका शाखामा दन्त र मुखसँग सम्बन्धित उपचार गर्न सक्नेछन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार