सानिमा रिलायन्स लाईफको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को सातौं वार्षिक साधारण सभाले १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार सम्पन्न इन्स्योरेन्सको साधारण सभाले १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीका अध्यक्ष रतन लाल केडियाले साधारण सभामा वार्षिक विवरण पेश गरेका थिए ।

त्यसैगरी आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । साथै सञ्चालक समितिमा संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तीको अनुमोदन गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार