सिटिजन लाइफ इन्स्योरेन्सले सातौं वार्षिकोत्सव मनाउदै, सप्ताह व्यापी कार्यक्रम गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । ‘समृद्धी तपाईंको, साथ हाम्रो’ स्लोगान लिएर जीबन बीमामा काम गरिरहेको  यो कम्पनी २०७४, भाद्र ७ गते जीवन बीमा व्यवसाय गर्न ईजाजत प्राप्त गरी २०७४, कार्तिक २ बाट औपचारिक व्यवसायिक करोबार शुरु गरेको थियो । कम्पनीले अहिले प्रधान कार्यालय सहित १३६ शाखा उपशाखा कार्यालयहरु मार्फत ब्याबसाय बिस्तार गरिरहेको छ ।

कम्पनीले सातौं वार्षिकोत्सवको अवसरमा आजबाट सप्ताह व्यापी कार्यक्रमहरु आजबाट सुरु गरेको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको र यो बर्षपनि सप्ताहब्यापी संस्थागत समाजिक उत्तरदायित्व सँगै अन्य कार्यक्रमहरु सञ्चालन गरी बार्षिकउत्सब मनाउने कम्पनीले जनाएको  छ ।

कम्पनीले यो बर्षको बार्षिकोत्सवमा बीमा सचेतना कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको बताए छ । कम्पनीले भनेको छ “अहिले नेपालमा बीमाको अबस्था हेर्दा अझै पनि धेरै नेपालीहरुमा जीवन बीमा सम्बन्धि जानकारी एंव चेतनाको कमी रहेको”ले यसलाई बढाउन र बीमा जागरण ल्याउन जनसमुदायमा जीवन बीमा प्रतिको जनचेतना वृद्धिका लागि विभिन्न ठाउँमा सडक र्याली, घर दैलो कार्यक्रम संचालन गर्ने कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले कयौं शाखाहरु अन्य थुप्रै संस्थाहरुसँग आबद्ध भएर जीवन बीमा सम्बन्धी कक्षाहरु सञ्चालन गर्ने जानकारी प्राप्त भएको छ ।

यसैगरी वार्षिकोत्सवको दिन नेपालमा रहेको जातिय विविधतालाई मनाउने अवसरको रुपमा लिदै कम्पनीले यस वर्षदेखि ‘ विविधता र समावेशीकरण’ विशेष कार्यक्रमको सुरुवात गरेको छ र विविधतामा एकतालाई प्रवद्र्धन गर्ने र संस्थामा रहेका कर्मचारीहरू बीचमा आत्मीयताको भावना विकास गर्ने साथै एक अर्काको संस्कृति बारे ज्ञान बढाउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको कम्पनीले बताएको छ  ।

संस्थागत सामाजिक उत्तरदायित्वको सन्दर्भमा नेपालमा हालै भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरुले कयौं मानवीय तथा धन–जनको क्षति गरेको थियो । यस दुःखद घटनाले अस्त–व्यस्त पारेको परिवारहरुलाई अन्न, न्यानो कपडा लगायत अन्य राहत सामाग्री वितरण गरिने  कम्पनीले जनाएको छ । यसै सन्दर्भमा, प्राकृतिक प्रकोपलाई सामना गर्न तथा ग्लोबल वार्मिङ जस्ता ठुलो समस्यालाई केहि हद सम्म रोक्नका लागि सिटिजन लाइफले लिएको ‘गो ग्रीन’ पहल अन्तर्गत विभिन्न ठाउँहरुमा वृक्षा रोपण कार्यक्रम सञ्चालन गर्ने कम्पनीले जनाएको छ  ।

त्यसैगरी, कम्पनीले हरेक वर्ष आयोजना गर्ने गरेको रक्तदान कार्यक्रम यसपाली पनि प्रधान कार्यालय लगायत देशभरीका विभिन्न शाखा कार्यालयहरुमा गर्ने भएको छ ।

यसका साथै कम्पनीको हालसम्मको प्रगतीमा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक सिटिजन लिडरहरु, नियमनकारी निकायहरु, शेयरधनी महानुभावहरु, सञ्चालक समिति, सदभावना दुतद्वय, संचारकर्मी, व्यवसायिक सझेदारहरु, कर्मचारी लगायत सबै शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता जाहेर गर्दै आगामी दिनहरुमा कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको र प्रचलित कानुन, नीति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको कम्पनीले प्रतिबद्रता जाहेर गरेको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार