दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले सी. डाटा कम्युनिकेसन वीरगञ्ज र लाइफ नेट सुर्खेतको लाइसेन्स खारेज गरेको हो ।

सी. डाटा कम्युनिकेसनले अनुमतिपत्रको सर्त बमोजिम सेवा सञ्चालन र लाइफ नेटले समयअवधिमा नवीकरण नगरेकाले लाइसेन्स खारेजीमा परेको हो ।

सी. डाटा कम्युनिकेसनको लाइसेन्स कार्तिक २ गतेदेखि र लाइफ नेटको भदौ ३० गतेदेखि लाइसेन्स खारेज गरिएको छ । साथै प्राधिकरणले कम्पनीलाई ३० दिनभित्र नियमअनुसार तिर्न बाँकी रकम बुझाउन सचेत गराएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार