गरिमा बिकास बैङ्कको बितरण योग्य रकम ६८ करोड ४४ लाख

काठमाडौं । गरिमा विकास बैङ्को यो आर्थिक बर्षको पहिलो त्रैमास(साउन,भदौ,असोज) को बित्तिय बिबरण सार्वजनिक गरेको छ । सार्वजनिक बित्तिय बिबरण अनुसार बैङ्कको बितरणयोग्य रकम ६८ करोड ४४ लाख ६३ हजार १ सय १३ रुपैया छ । बैंकको खुद नाफा १२ प्रतिशतले बढेको हो । बैंकले सार्वजनिक गरेको  अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले २२ करोड ५७ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा २० करोड १५ लाख रहेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८८ करोड ८३ लाखबाट बढेर ९८ करोड ६८ लाख पुगेको छ। बैंकको संचालन मुनाफा २८ करोड ७८ लाखबाट बढेर ३२ करोड २३ लाख पुगेको छ।  बैंकको वितरणयोग्य मुनाफा भने ७६.९३ प्रतिशतले बढेर ६८ करोड ४४ लाख रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ ९० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६२ रुपैयाँ ७ पैसा रहेको छ । ५ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा २ अर्ब ८४ करोड रहेको छ।

बैंकले ६८ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ भने  ८३ अर्ब २७ करोड निक्षेप संकलन गरेको छ । बैंकको खराब कर्जा ३.८२ प्रतिशत रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार