प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक १,६२,९५० कित्ता शेयर बिक्रिमा न्युनतम मुल्य १८० रुपैँया

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक समुहको १,६२,९५० कित्ता शेयर शिलबन्दी बोलपत्रद्वारा प्रति कित्ता न्युनतम मूल्य रु.१८०/- ( एक सय असी मात्र) वा सो भन्दा वढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले विक्री गर्ने भएको छ ।

उक्त शेयर खरिद गर्न  ईच्छुक विद्यमान संस्थापकहरु, योग्य व्यक्ति/ कम्पनी /संघ / संस्थाहरुले यहि कार्तिक ९  गते कार्यालय समयभित्र  गोप्य शिलवन्दी आवेदन पेश गर्नु पर्नेछ ।

बोलपत्र द्वारा शेयर खरिद गर्न चाहने व्यक्ति/ कम्पनी/ संघ / संस्थाहरुले  निन्नघनुसारका शर्त पुरा गरेको हुनुपर्नेछ वोलपत्र आवेदन फाराम रु.१००/- भुक्तानी गरी प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौवाट प्राप्त गर्न सकिने छ  फाराम पेश गर्दा स्पष्ट रुपमा भरेको हुनुपर्नेछ ।

वोलपत्र पेश गर्दा न्युनतम १,६२,९५० कित्ताको लागि आवेदन दिनु पर्नेछ ।

संस्थापक शेयर खरिद गर्न चाहनेहरुको हकमा नेपाल विमा प्राधिकरणवाट तोकिएको Fit & Proper Test वमोजिमका कागजात अनिवार्य पेश गर्नुपर्नेछ ।

खरीदकर्ताले आफुले खरिद गर्न चाहेको शेयर वापतको सम्पूर्ण रकम प्रभु क्यापिटल लिमिटेडको प्रभु बैंक लिमिटेड, कमलादी शाखामा रहेको बैंक खाता नं. १११००६३१८१६००१३३ मा जम्मा गरेको सक्कल नगद भौचर वा चेकको माध्यमवाट आवेदन पेश गर्नेको हकमा प्रभु क्यापिटल लिमिटेडको नाममा जारी गरिएको बैंक तथा वित्तीय संस्थाको Good For Payment गरिएको Cheque वा IPS मार्फत भुक्तानी गरिएको निस्सा संलग्न गर्नुपर्नेछ ।

२०८१०७ ०९ गते कार्यालय समयभित्र दर्ता भइसकेको हुनुपर्नेछ र शिलवन्दी खाम वाहिर आवेदनकर्ताले “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर खरीद आवेदन” उल्लेख गरी आवेदन पेश गर्नु पर्नेछ । कुनै शर्त राखी पेश गरेको वा रित नपुगेको वा म्याद नाघि आएको बोलपत्रलाई मान्यता दिइने छैन ।

बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कवोल गरेको शेयर संख्या वा रकममा कनै हरेफेर गर्न वा वोलपत्र फिर्ता लिन सकिने छैन ।

प्राप्त वोलपत्रहरुको छानविन गरी रितपूर्वक प्राप्त वोलपत्रहरु मध्ये समान मूल्यमा शेयरको लागि आवेदन दिएमा विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथामिकता प्रदान गरेपश्चात मात्र अन्यलाई सवै भन्दा वढी वोलकवोल गर्ने आवेदकहरुलाई शेयर वाँडफाँड गरिने कम्पनीले जनाएको छ  । वोलकवोलमा शेयर विक्री गर्दै जाँदा एउटै मूल्यमा दुइ वा दुईभन्दा वढी वोलपत्र आवेदनहरु पर्न गई बाँडफाँड हुन वाँकी शेयरभन्दा वढीको माग भएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा शेयर वाँडफाँड गरिने उल्लेख छ  ।

शेयर खरिद / विक्रीको स्वीकृती आए पश्चात संस्थापक शेयर खरिद विक्रीको सम्वन्धमा प्रचलित कानून वमोजिम शेयर कारोवार / नामसारी हुनेछ । कुनै पनि अवस्थामा आवेदकले व्याज वा कुनै किसीमको लाभको माग दावी गर्न पाउने छैन । शेयर कारोवार / नामसारी गर्दा लाग्ने शुल्क / पूंजीगत लाभकर सम्बन्धित पक्ष आ-आफनै हुनेछ ।

वोलपत्र आवेदनहरुमध्ये वांडफांडमा नपरेको शेयर वापत जम्मा भएको रकम आवेदकहरुको बैंक खातामा सोझै फिर्ता भुक्तानी गर्ने व्यवस्था गरिने छ । साथै, वांडफांडमा नपरेको रकम वा वांडफांड भई सम्वन्धित नियमन निकायवाट स्वीकृत नभई कुनै कारणवश शेयरको रकम फिर्ता भुक्तानी गर्नुपर्ने अवस्था आएमा वोलकवोलको लागि जम्मा गरिएको रकममा कुनै व्याज प्रदान गरिने छैन ।

शेयर विक्री गर्ने वा नगर्ने वा आवेदनमा माग गरेको भन्दा कम शेयर वांडफांड गर्ने तथा वोलपत्र आवेदन तथा शेयर वाँडफाँड सम्बन्धी कुनै विवाद उत्पन्न भएमा सोको अन्तिम निर्णय गर्ने अधिकार विक्री गर्ने तथा संस्थापक शेयरधनीमा निहित रहने छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार