तीन महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार करिब साढे ११ अर्ब, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब साढे ११ अर्ब रुपैयाँको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणका तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ बीमा कम्पनीहरुले असोज मसान्तसम्म ११ अर्ब ३८ करोड ७९ लाख ८३ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरुले ६ लाख ६८ हजार १४० बीमालेख बिक्री गरेका छन् ।

तीन महिनाको अवधिमा तीन बीमा कम्पनीले एक अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । एक अर्ब रुपैयाँको व्यापार गर्ने कम्पनीहरुमा शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र सगरमाथा लूम्बिनी इन्स्योरेन्स रहेका छन् ।

पहिलो तीन महिनामा सबैभन्दा धेरै व्यापार सगरमाथा लूम्बिनी इन्स्योरेन्सले गरेको छ । सगरमाथा लूम्बिनी इन्स्योरेन्सले १ अर्ब ४३ करोड ६३ लाख ४१ हजार रुपैयाँको व्यापार गरेको छ । यस अवधिमा कम्पनीले ६९ हजार ७४७ बीमालेख जारी गरेको छ ।

आम्दानीको आधारमा दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले ७४ हजार ७८९ बीमालेख जारी गरेर १ अर्ब १७ करोड १९ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ ।

७३ हजार ९३४ बीमालेख जारी गर्दै १ अर्ब १२ करोड ५९ हजार रुपैयाँ व्यापार गरेको शिखर इन्स्योरेन्स तेस्रो स्थानमा छ ।

चालु आवको पहिलो तीन महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले ६१ करोड ४५ लाख १९ हजार रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले ८३ करोड ७६ लाख ७७ हजार रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५७ करोड ३९ लाख ६९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै नेशनल इन्स्योरेन्स कम्पनीले ४१ करोड ७६ लाख १२ हजार, नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख ५३ हजार, युनाइटेड अजोड इन्स्योरेन्सले ६८ करोड ९५ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले ४७ करोड ७२ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

एनएलजी इन्स्योरेन्सले ७५ करोड २२ लाख ९ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९१ करोड ८७ लाख ९९ हजार, सानिमा जिआईसी इन्स्योरेन्सले ५८ करोड ८९ लाख ८८ हजार र आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सले ९० करोड ९ लाख ४६ हजार बीमा शुल्क आर्जन गरेका छन् ।

लघु बीमा कम्पनीको आम्दानी साढे १८ करोड

चालु आवको पहिलो तीन महिनामा लघु बीमा कम्पनीले साढे १८ करोडको व्यापार गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार सञ्चालनमा रहेका चार लघु बीमा कम्पनीले ६९ हजार ७९० बीमालेख जारी गरेर १८ कारेड ५६ लाख ३९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल माइक्रो इन्स्योरेन्स ५ करोड ५० लाख ५३ हजार रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स ४ करोड ६१ लाख २६ हजार रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्स ४ करोड १८ लाख ५ हजार र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४ करोड २६ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क उठाएका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार