विदेशमा बस्ने नेपाली बढे सँगै मखमली माला निर्यात हुदै

काठमाडौं । यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएशन नेपाल (फ्यान) का अनुसार यस वर्ष गएको वर्षभन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गएको वर्ष एक लाख ५० हजार मखमली माला निर्यात भएको थियो ।

एसोसिएशनका प्रतिनिधि दिलीप बादेका अनुसार नेपालबाट निर्यात हुने मखमलीको माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया, युरोपका केही देश र केही खाडी देशमा जाने गरेको छ । यस वर्ष पोहोरको भन्दा माग धेरै छ । नेपालीहरु बसोबास गर्ने देशमा तिहारका बेला मखमलीको माग हुन्छ ।

पछिल्लो समय काठमाण्डौ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भएको छ ।

यसपालिको तिहारमा सयपत्री केही अभाव हुनसक्ने अनुमान व्यवसायीको छ । सयपत्री फूल भारतबाट आयात गरिएको छैन । सरकारले प्रतिबन्ध लगाएको हुनाले नेपाल–भारत सिमानासँगै क्वारेन्टाइन चेकपोस्टमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालिएको छ ।

तिहारमा सयपत्री, गोदावरी र मखमली गरी झन्डै ४५ लाखको सङ्ख्यामा फूलको माला आवश्यक पर्ने अनुमान छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार