काठमाडौं । शुक्रबार नेप्से परिसूचक ११.९० अंकले बढेर २५८७.२५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५६ वटा कम्पनीको १ करोड १९ लाख १२ हजार ५५० कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । विहीबारको तुलनामा कारोबार रकम ६० करोड रुपैयाँले घटेको छ। विहीबार कारोबार रकम ४ अर्ब ८९ करोड रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स १.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सबैभन्दा बढी ०.७३ प्रतिशत घटेको छ।
यस दिन एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य करिब ९ प्रतिशत बढेको छ भने माण्डु हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ पहिलो स्थानमा रहेको छ। यस दिन २६ करोड ५३ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन साढे १५ करोड रुपैयाँबराबरको रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको करिब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।



