CLI

४६.७२ प्रतिशतले बढ्यो वित्त कम्पनीहरुको नाफा, सबैभन्दा बढी नाफा कमाउने जानकी फाइनान्स

काठमाडौं । वित्त (फाइनान्स) कम्पनीहरुको नाफा ४६.७२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ वटा वित्त कम्पनीहरुले ५५ करोड ७९ लाख ४७ हजार नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४६.७२ प्रतिशत अर्थात् १७ करोड ७६ लाख ८० हजारले बढी हो । गत आर्थिक वर्षमा उक्त कम्पनीहरुले ३८ करोड २ लाख ६६ हजार नाफा कमाएका थिए । वित्त संस्थाहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

आर्थिक गतिविधि चलयामान हुन नसकेको भनेको अवस्थामा वित्त कम्पनीहरुले भने आफनो नाफामा सुधार गरेका छन् , जसले गर्दा अर्थतन्त्र चलयमान हुन नसकेको भाष्यलाई समेत नकारेको छ । वित्त संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणमा खराब कर्जा घट्दै जाँदा त्यसको प्रभाव नाफामा देखिएको हो । वित्त कम्पनीका ऋणीले साँवा तथा ब्याज भुक्तानी गर्दै जाँदा खराब कर्जा घट्न पुगेको देखिन्छ ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा जानकी, श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसीएफसी फाइनान्स, मल्टीप्रपोज फाइनान्स, गृह्शेवरी मर्चेन्ट बैंक एण्ड फाइनान्स रहेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षमा जानकी फाइनान्सले १५७२३ प्रतिशत, श्री इन्भेष्टमेन्टले १३२६ प्रतिशत, आइसीएफसीले ६३३ प्रतिशत, मल्टीप्रपोजले १२४ प्रतिशत, गृह्यश्ेवरीले ११० प्रतिशत, सेन्ट्रलले ८९ प्रतिशत, समृद्धिले ८४ प्रतिशत नाफा कमाएको छ । त्यस्तै गुडविल फाइनान्सले ४१ प्रतिशत, प्रोगेशिम फाइनान्सले ३२ प्रतिशत, नेपाल फाइनान्सले १९ प्रतिशत, पोखरा फाइनान्सले १५ प्रतिशत, मन्जुश्री फाइनान्सले १३ प्रतिशत, रिलायन्स फाइनान्सले ७ प्रतिशत नाफा कमाउदा वेष्ट फाइनान्सको ५६ प्रतिशत र गोर्खाज फाइनान्सको ६१ प्रतिशतले नोक्सानी व्यहोर्नु परेको छ ।

मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुराउदै आएको वित्त कम्पनीहरुको नाफा वृद्धिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने जानकारहरु बताउछन् । उद्योग तथा व्यवसायी लगायतका व्यक्तिहरुले अर्थतन्त्र चलयामान हुन नसकेको बताइरहेको अवस्थामा वित्त कम्पनीहरुले आफनो वित्तीय विवरणमा देखाएको सुधारले आर्थिक गतविधि बढाउन सहयोग पुग्ने उनीहरुको भनाई छ ।

Leave Your Comment

Related News