राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. आचार्य सिफारिस

Garima_Business-Loan3

काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यलाई सिफारिस गरिएको छ। आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ ।

यसअनुसार प्रमुख आयुक्तमा डा. आचार्य र आयुक्तमा प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष गगन विष्ट र प्रेस काउन्सिल नेपालको सदस्य दुर्गा भण्डारी सिफारिस भएका हुन् ।

सिफारिस पदाधिकारीलाई मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ खुवाउनेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार