CLI

२७६० मा उक्लियो नेप्से, कारोबार रकममा वृद्धि

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार र शेयर कारोबार रकम दुवै बढेको छ । सोमबार
नेपाल स्टक एक्सचेन्ज , नेप्से २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.६१ अंकले बढेर ४९०.७२ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ३०२ वटा कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ शेयर कारोबार हुदाँ कारोबार रकम ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रहेको छ । यो सँगै आइतबारको तुलनामा कारोबार रकम १ अर्ब ५४ करोड ४० लाखले बढेको छ । आइतबार ९ अर्ब ७७ करोड ११ लाख २४ हजार कारोबार रकम रहेको थियो ।

सोमबार १४३ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सोमबार १३ वटा समूह परिसूचकहरु मध्ये ८ वटा समूह बढ्दा ५ वटा समूह घटेको छ । बैकिङ १६, लगानी १, जीवन बीमा २२५, उत्पादन र प्रशोधन ०.९७, लघुवित्त १६१, म्युअुचल फण्ड ०.०३, व्यापार २७ र अन्य समूह ४ अंकले बढ्दा विकास बैंक ६, वित्त ११, होटल र पर्यटन ०.६३, जलविद्यु्त २ र निर्जीवन बीमा ३१ अंकले घटेको छ ।

सोमबार सर्वाधिक करोबार हुने शेयरहरुमा साहास उर्जा, हिमालयन रिइन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, सानिमा माई हाइड्रोपावर र समृद्धि फाइनान्स कम्पनी रह्यो । साहास उर्जाको ३८ करोड १७ लाख, हिमालयन रिइन्स्योरेन्सको २६ करोड १५ लाख, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको २५ करोड १० लाख, सानिमा माई हाइड्रोपावरको २२ करोड ७६ लाख र समृद्धि फाइनान्सको २१ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

Leave Your Comment

Related News