CLI
Global College

विद्युत विधयेक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग

काठमाडौं । ऊर्जा व्यवसायी तथा सरोकारवालाहरुले ‘विद्युत विधयेक, २०८०’ लाई निजी क्षेत्र र लगानीमैत्री बनाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बिहीबार भएको ऊर्जा सम्बन्धी नीति सम्बन्धी प्राविधिक शत्रमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले विधुत प्रसारण लाइनलाई व्यवसायीक रुपमा निर्माण तथा सञ्चालन गर्न निजी क्षेत्रलाई खुला गर्ने घोषणा गरे ।  संसद्मा विचाराधिन ‘विद्युत विधयेक, २०८०’ बाट यसलाई समाधान गर्ने उनको भनाइ छ । निजी क्षेत्रले पनि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्न पाउने गरि विधयेक संसोधन गर्नु पर्ने भन्दै आफु त्याहा लाग्ने बताए।

कार्यक्रमा  मोहन कुमार डाँगीले संसद्मा विचारधिन विद्युत विधयेक निजी क्षेत्र मैत्री बनाउने उद्देश्यले  छलफल आयोजना गरेको बताए । उक्त विद्येयक ‘विद्युत् ऐन, २०२९’ भन्दा प्रगतिशिल, निजी क्षेत्रमैत्री र लगानीमैत्री बनाउनुपर्ने बताए ।

Leave Your Comment

Related News