काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गरेको छ । उक्त लन्चका साथ शाओमीले मोबाइल एक्सेसरिजमा गुणस्तर र विश्वासको साथै आफ्नो प्रतिष्ठालाई पनि थप सुदृढ बनाएको छ । नयाँ उपलब्ध मोडलहरु २२.५ वाटको फास्ट चार्जिङ्ग सहितको शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एच, ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच र २२.५ वाटको फास्ट चार्जिङ्ग र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १०००० एम.ए.एच रहेका छन् ।
लन्चको क्रममा शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भने, ”हामी आफ्ना ग्राहकहरूको परिवर्तनशील आवश्यकतालाई राम्रोसँग बुझ्छौं । ग्राहकवर्गले आफ्नो व्यस्त जीवनमा द्रुत र भरपर्दो समाधान खोजिरहेको अवस्थामा हामी उहाँहरूलाई अझ बढी सुविधा, कार्यक्षमता भएको पावर बैँकहरु प्रदान गरी उहाँहरुको डिभाइसमा जुनसुकै समयमा र जहाँसुकै पावर रहिरहोस् भन्ने चाहन्छौँ ।”
यी उपकरणहरूले विभिन्न प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी छिटो चार्जिङ्ग क्षमता, बहु–उपकरण चार्जिङ्ग र कम्प्याक्ट डिजाइनहरू प्रदान गर्दछ ।
शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एच (२२.५ वाट फास्ट चार्ज)
शाओमी पावर ब्याङ्क ४ आई. १०००० एम.ए.एच. फास्ट पोर्टेबल पावरको आवश्यकता भएका ग्राहकका लागि उपयुक्त हुन्छ । २२.५ वाटको फास्ट चार्जिङ्ग र टाइप सी पोर्टको साथ यस पावर बैँकले स्मार्टफोन, ट्याब्लेटहरू र अन्य ग्याजेटहरू छिटो चार्ज गर्न मद्दत पुर्याउँदछ । यो कम्प्याक्ट डिभाइस यु.यस.वी–ए र यू.स.बी–सी पोर्टसहित उपलब्ध छ जसले एकै पटकमा तीनवटा ग्याजेहरूलाई चार्ज गर्नसक्छ । उच्च सुरक्षा सुविधाहरू उपलब्ध रहेको यो पावर बैँकले धेरै तात्ने र सर्ट–सर्किट जस्तो समस्याबाट सुरक्षा प्रदान गर्दछ ।
मुख्य फिचरहरू:
- ब्याट्री क्षमता: १०००० एम.ए.एच (३७ वाट आओर)
- इनपुट (टाइप–सी): ५ भोल्ट/३ एम्पियर, ९ भोल्ट/२.५ एम्पियर
- आउटपुट (टाइप–सी/–यु.एस.बी): २२.५ वाटसम्म
- डाइमेन्सन: १४.७८ ८ ७.३९ ८ १.५३ सेन्टीमिटर
- चार्जिङ्ग समय: ९ भोल्ट/२ एम्पियर चार्जरसहित लगभग ४ घण्टामा
शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच (३३ वाट सोनिक चार्ज)
अधिक पावर र लामो प्रयोग आवश्यक पर्नेहरूको लागि शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच ३३ वाटको सोनिक चार्ज प्रविधिसहित उपलब्ध रहेको छ । दुईवटा १०००० एम.ए.एचको लिथियम–आयन ब्याट्रीहरू सहित यस पावर ब्याङ्कले दिनभरि एकभन्दा धेरै डिभाइसहरुलाई चार्ज गर्न पर्याप्त ऊर्जा प्रदान गर्दछ । यसको टाइप–सी पोर्टले अन्य डिभाइसका साथै पावर ब्याङ्क स्वयंलाई पनि छिटो दुई–तर्फी चार्जिङ्गको अनुमति दिन्छ । मजबुत निर्माण गुणस्तर र १२–लेयरको सेफ्टी प्रोटेक्सनको साथ, यो पावर बैँक लामो समयसम्मको प्रदर्शनको लागि निमार्ण गरिएको कम्पनीले जनाएको छ ।
मुख्य फिचरहरू:
- ब्याट्री क्षमता: २०००० एम.ए.एच (७४ वाट आओर)
- इनपुट (टाइप–सी): ३० वाटसम्म
- आउटपुट (टाइप–सी/यु.एस.बी–ए): ३३ वाटसम्म
- डाइमेन्सन: १५.०६ ८ ७.२२ ८ २.६३ सेन्टीमिटर
- चार्जिङ्ग समय: ९ भोल्ट/२ एम्पियर चार्जरसहित लगभग ६.९ घण्टामा
शाओमी पकेट पावर ब्याङ्क १०००० एम.ए.एच (२२.५ वाटको साथ बिल्ट–इन केबल)
बिल्ट–इन टाइप–सी चार्जिङ्ग केबलसहित शाओमीको पकेट पावर ब्याङ्कले सुविधा र स्टाइल दुवै प्रदान गर्दछ । कम्प्याक्ट र शक्तिशाली यो १०००० एम.ए.एच पावर ब्याङ्कले २२.५ वाटसम्मको चार्जिङ्ग लिन सक्छ भने यसले एकै पटकमा तीनवटा डिभाइसहरूलाई चार्ज गर्न सक्छ । यसको टिकाउपना र पकेट–साइजको डिजाइनले यसलाई हरेक यात्रामा प्रयोग गर्न सहज सकिन्छ ।
मुख्य फिचरहरू:
- ब्याट्री क्षमता: १०००० एम.ए.एच (३७ वाट आओर)
- इनपुट: २२.५ वाट
- आउटपुट (टाइप–सी/यु.एस.बी–ए/बिल्ट–इन केबल): २२.५ वाटसम्म
- आयाम: १०५.२ ८ २६.९ ८ ६५.२ मिलिमिटर
- चार्जिङ्ग समय: ९ भोल्ट/२.५ एम्पियर चार्जरसहित लगभग ३.५ घण्टा
बजार उपलब्धता
२२.५ वाटको फास्ट चार्जिङ्गसहितको शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एच रू.३,४९९ मा उपलब्ध छ भने ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच रू.४,९९९ मा उपलब्ध छ । त्यसैगर २२.५ वाटको फास्ट चार्जिङ्ग र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १०००० एम.ए.एच रू.४,२९९ मा उपलब्ध रहेको छ ।