नगद लाभांश दाबी गर्न नेपाल एसबिआई बैंकले गर्‍यो आग्रह

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को नगद लाभांश दाबी गर्न आग्रह गरेको छ । २०७६ साल मंसिर २९ गते सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले उक्त वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कतिपय शेयरधनीहरुले शेयर अभौतिकीकरण नभएको तथा अन्य कारणले हालसम्म पनि केहि नगद लाभांश विरतण हुन बाँकी भएकाले सम्बन्धित शेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको हो ।

आइतवार सूचना जारी गर्दै आगामी एक महिनाभित्र कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय ठमेल, काठमाडौंमा सम्पर्क गर्न कम्पनीले भनेको हो । तोकिएको अवधिभित्र आफ्नो हकको नगद लाभांश दाबी गर्न नआएमा कम्पनी ऐन, २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोष दाखिला गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार