४ कम्पनीको १९ लाख ६० हजार कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको १९ लाख ६० हजार ६३० कित्ता शेयर बिक्रीमा रहेको छ । बैंकले करिब ३१ करोड रुपैयाँ बराबरको संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।

बैंकले सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता शेयर आजदेखि लिलामीमा राखेको हो ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । सीआईटीको ७७९ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २९७ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ र निफ्राको १०१ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ । यी कम्पनीको शेयर बिक्रीबाट बैंकले न्यूनतम ३१ करोड ९ लाख १ हजार ९३५ रुपैयाँ आम्दानी गर्नेछ ।

उल्लेखित सबै कम्पनीको शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।

शेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौंको थापाथली ट्रेड टावरस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार