नबिल बैंकको मङ्सिर २७ गते साधारण सभा, लाभांश प्रस्ताव राख्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले ४०औं वार्षिक साधारण सभा मङ्सिर २७ गते हुने भएको छ । बैंकको मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने र दुई जना सञ्चालककको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मङ्सिर १० गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा मङ्सिर ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार