राष्ट्रिय जीवन बीमा कम्पनीमा सीईओमा जागिर खाने अवसर

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटको प्रक्रिया शुरु गरेको छ ।

यस अघिको असोज १६ गतेको विज्ञापनबाट सीईओ छान्न नसकेको राष्ट्रिय बीमा कम्पनीले पुन छनोट प्रक्रिया अघि बढाएको हो ।

कम्पनीको सीईओ बन्न आवेदन दिएकामध्ये अन्तिम चार प्रतिस्पर्धी अन्तर्वार्ताबाट फालिएका थिए ।

अहिले कम्पनीले पुन: सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

योग्य तथा इच्छुक व्यक्तिले शैक्षिक योग्यता र आवश्यक पर्ने अन्य कागजात सहित २१ दिनभित्र रामशाहपथस्थित कम्पनीको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार