CLI

ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड

काठमाडौं । नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि भूराजनीतिक प्रभाव र प्रसारण सञ्जालको विस्तारमा जोड दिनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान) ले आयोजना गरेको चौथो हिमालयन हाइड्रो एक्स्पो-२०२४ मा आज भएको ‘ऊर्जा गतिशीलता र क्षेत्रीय व्यापार’ विषयक सत्रमा बोल्ने बत्ताले सो कुरा बताएका हुन्।

कार्यक्रममा अर्थ राजनीतिक, भू-राजनीतिक तथा कूटनीतिक मामिलाका विज्ञ अरुणकुमार सुवेदीले नेपालको जलस्रोत तथा ऊर्जा विकासमा भूराजनीतिक प्रभाव रहेको बताएका थिए। भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले देशमा विधुत उत्पादनसँग प्रसारण लाइनको विस्तार गर्न र व्यापारलाई सहज बनाउन मन्त्रालयले तयारी गरिरहेको बताएका थिए।उनले“प्रसारण लाइनको ह्वीलिङ चार्जसम्बन्धी निर्देशिका ल्याउन, प्रसारण लाइन निर्माण र विधुत व्यापारमा निजी क्षेत्रलाई पनि सामेल गराउन विधुत विधेयक २०८० मा व्यवस्था गरिएको उनले बताए ।

सो सत्रमा बोल्दै इपानका पूर्व अध्यक्ष एवं ऊर्जा उद्यमी कृष्णप्रसाद आचार्यले नेपालको करिब ११३ वर्षको विधुत विकासको इतिहासमा निजी क्षेत्रको  प्रवेससँगै पछिल्लो ३० वर्षमा उत्पादनमा भएको प्रगतिले नै निजी क्षेत्रको सफलतालाई उजागर गरेको बताए । उनले सरकारले ल्याएको २८ हजार ५०० मेगावाटको लक्ष्य पूरा गर्न पनि निजी क्षेत्र सक्षम रहेको जनाउदै अब व्यापारका लागि पनि निजी क्षेत्रलाई दिनुपर्ने उनले बताए । ‘व्यापार गर्न चाहिँ निजी क्षेत्रलाई किन रोक्ने ?,’ उनले भने, ‘प्रसारण लाइन युद्द स्तरमा निर्माण गर्ने, जलाशयुक्त आयोजना र सौर्य विधुतमा निजी क्षेत्रलाई आकर्षित गर्ने गरी विधुतको पिपिए दर दिने हो भने बिधुत विकासका लागि निजी क्षेत्र तयार छन् ।’

बुधबारबाट सुरु एक्स्पो शुक्रवार समापन भएको छ । एक्स्पोमा विभिन्न ७ वटा प्राविधिक सत्रमा नेपालको बिधुत बिकासका लागि छलफल भएका थिए ।

Leave Your Comment

Related News