३ दिन पछि घट्यो शेयर बजार, नेप्सेका सबै सूचक सहित कारोबार रकम पनि घट्यो

काठमाडौं । लगातार तीन दिन बढेको शेयर बजार चौथो दिनमा भने खुम्चिएको छ । सोमबार देखि बुधबार सम्म बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार एकोहोरो अंकले घटेको हो ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.३८ अंकले घटेर ४७७.५० विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार ३०७ वटा कम्पनीको १ करोड ६६ लाख ६३ हजार कित्ता शेयर कारोबार हुदाँ ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार करोबार रकम पुगेको छ । जुन बुधबारको तुलनामा ७६ करोड ७४ लाख ९ हजारले कम हो । बुधबार ३१६ वटा कम्पनीको १ करोड ७१ लाख ८३ हजार कित्ता शेयर कारोबार हुदाँ ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार करोबार रकम पुगेको थियो ।

बिहीबार ५० वटा कम्पनीको शेयर मूल्य बढ्दा १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
बिहीबार ३ वटा समूह परिसूचक बढ्दा १० वटा समूह परिसूचक घटेको छ । विकास बैंक ६१, जीवन बीमा ६३ र व्यापार ३५८ अंकले बढ्दा बैंकिङ १३,वित्त ३६, होटल र पर्यटन ५६, जलविद्युत ५८, लगानी ०.९४, उत्पादन र प्रशोधन ६०, लघुवित्त ३३, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा ७२ र अन्य समूह ३० अंकले घटेको छ ।

बिहीबार सर्वाधिक कारोबार हुनेमा एक्सल डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी विकास बैंक, जानकी फाइनान्स र ङदी समुह रह्यो । एक्सल डेभलपमेन्ट बैंकको ३१ करोड ८ लाख, नेपाल फाइनान्सको २९ करोड ७४ लाख, मितेरी विकास बैंकको २७ करोड ९४ लाख, जानकी फाइनान्सको २३ करोड १६ लाख र ङदी समुहको २० करोड ३३ लाख बराबर करोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार