निर्जीवन बीमा कम्पनीको व्यवसाय ११ प्रतिशतले बढ्यो

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका १४ वटा निर्जीजवन बीमा कम्पनीहरुको व्यवसाय ११ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरण्का अनुसार सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको चार महिनाको अवधिमा १४ अर्ब ९ करोड ७२ लाख बीमा शुल्क संकलन गरेका छन् । ८ लाख ९७ हजार २३५ बीमालेख जारी गरी गर्दै उक्त रकम संकलन गरेका हुन् । गत आवको सोहि अवधिमा १२ अर्ब ७३ करोड ४ लाख बीमा शुल्क संकलन गरेकामा यस वर्ष १०.७३ प्रतिशतले बढेको हो ।

चार महिनाको अवधिमा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड लगयात रहेका छन् ।

चार महिनाको अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड १ अर्ब ७७ करोड ६७ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड १ अर्ब ४६ करोड २६ लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड १ अर्ब १४ करोड ९८ लाख, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड १ अर्ब ४१ करोड ३ लाख, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स लिमिटेड १ अर्ब १३ करोड ४९ लाख, नेको इन्स्योरेन्स लिमिटेड १ अर्ब १५ करोड २७ लाख र एनएलजी इन्स्योरेन्स लिमिटेड ९४ करोड १९ लाख बीमा शुल्क संकलन गरेको छ ।
उक्त अवधिमा सगरमाथले ९१ हजार ७७३, सिद्धार्थले ९९ हजार ४२४, हिमालयनले ८१ हजार ३०, शिखरले ९८ हजार १८५, आइजिआईले ६७ हजार ७१७, नेकोले ९५ हजार ७६७ र एनएलजीले ६४ हजार ३२० बीमालेख जारी गर्दै उक्त संकलन गरेको हो ।

त्यस्तै चार महिनाको अवधिमा ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड ९२ करोड ८६ लाख,युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड ८४ करोड १ लाख,नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७८ करोड ६८ लाख, सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड ७७ करोड ९३ लाख, प्रभु इन्स्योरेन्स लिमिटेड ६२ करोड ७५ लाख, राष्ट्रिय बीमा कम्पनी लिमिटेड ६१ करोड ४९ लाख र नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेड ४९ करोड ३ लाख बीमा शुल्क संकलन गरेको छ ।

उक्त अवधिमा ओरियन्टलले १४ हजार १२३ , युनाइटेडले ५७ हजार ३०५ , नेपाल इन्स्योरेन्सले ६० हजार ७५४, सानिमाले ४० हजार ६४६, प्रभुले ४१ हजार ९६१, राष्ट्रिय बीमाले ७४ हजार ७६३ र नेसनलले ९ हजार ४६७ बीमालेख जारी गरी उक्त रकम संकलन गरेको हो । पछिल्ला समय बीमालेखको संख्या बढे सँगै आम्दानी पनि बढेको कम्पनीका अधिकारीहरु बताउछन् ।

लघुबिमाले २६ करोड व्यवसाय
चार महिनको अवधिमा चार वटा लघुविमा कम्पनीको व्यवासाय २६ करोड १४ लाख रहेको छ । उक्त अवधिमा १ लाख १ हजार ३६१ बीमालेख जारी गरी उक्त व्यवसाय गरेको हो । चार महिनाको अवधिमा नेपाल माइक्रोले ७ करोड ९० लाख, प्रोटिक्टभ माइक्रोले ६ करोड ४१ लाख, स्टार माइक्रोले ५ करोड ८९ लाख र ट्रस्ट माइक्रोले ५ करोड ९३ लाख व्यवसाय गरेको हो । उक्त अवधिमा नेपाले ३० हजार ६६२, प्रोटेक्टिभ २२ हजार ९३८, स्टारले २६ हजार ७६९ र ट्रस्टल २० हजार ९९२ बीमालेख जारी गरेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार