CLI

आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ  । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुत्त गर्न स्वीकृतिका लागि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेस माग गरेकोमा प्राधिकरणको मंसिर १२ गतेको पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्नेगरि कम्पनीका सञ्चालक समितिलाइ आवश्यक कार्य गर्नको लागि अनुमति प्रदान गरेको थियो  ।

प्रमुख कार्यकारी अधिकृत खड्का सुर्या र ज्योति लाइफको मर्जर अघि सुर्या लाईफ ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । मर्जर पश्चात सुर्याज्योति लाइफ इन्स्योरेन्समा उच्चव्यवस्थापकिय जिम्मेवारीमा रहेर कार्यसम्पादन गरिरहेका थिए । उनीसँग लाइफ इन्स्योरेन्स , जलविधुत तथा सिमेन्टे क्षेत्रको कार्यअनुभव रहेको छ । उनले एसिसिए सयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन विश्वविध्यालयबाट स्नात्तकोत्तरको शौक्षिक योग्यता हासिल गरेका छन् ।

 

Leave Your Comment

Related News