करिब १४ अर्बले घट्यो होलसेल तथा खुद्रा व्यापारमा कर्जा प्रवाह

Garima_Business-Loan3

काठमाडौं । अर्थतन्त्र चलयामान हुन नसक्दा त्यसको असर होलसेल तथा खुद्रा व्यापारमा समेत परेको छ । चाडपर्व र त्यस पछिको समयमा समेत होलसेल तथा खुद्रा व्यापार चलयमान हुन नसक्दा कर्जा प्रवाह समेत घट्ने गएको बैंक तथा वित्तीय संस्थाको अधिकारीहरु बताउछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुले होलसेल तथा खुद्रा व्यापार क्षेत्रमा १० खर्ब २२ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १३ अर्ब ६८ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले होलसेल तथा खुद्रा व्यापार क्षेत्रमा १० खर्ब ८ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले होलसेल तथा खुद्रा व्यापार क्षेत्रमा कर्जा प्रवाह बढाउँदा विकास बैंक र वित्त कम्पनीहरुले भने कर्जा प्रवाह खुम्चाएका छन् । चालु आर्थिक वर्षको असोजसम्म वाणिज्य बैंकले होलसेल तथा खुद्रा व्यापार क्षेत्रमा ९ खर्ब ३२ अर्ब २४ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा १३ अर्ब २२ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले सो क्षेत्रमा ९ खर्ब १९ अर्ब २ करोड रुपैयाँ कर्जा वितरण गरेका थिए ।

चालु आर्थिक वर्षको असोजसम्म विकास बैंकले होलसेल तथा खुद्रा व्यापार क्षेत्रमा ७५ अर्ब १५ करोड ८० लाख रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४९ करोड ७० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले सो क्षेत्रमा ७५ अर्ब ६५ करोड ५० लाख रुपैयाँ कर्जा वितरण गरेका थिए ।

चालु आर्थिक वर्षको असोजसम्म वित्त कम्पनीहरुले होलसेल तथा खुद्रा व्यापार क्षेत्रमा १४ अर्ब ७८ करोड ५० लाख रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९६ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले सो क्षेत्रमा १३ अर्ब ८२ करोड ५० लाख रुपैयाँ कर्जा वितरण गरेका थिए । एकातर्फ अथर्तन्त्र चलयमान नहुन अर्कोतर्फ महँगी बढ्नुले गर्दा उपभोक्ताहरुले होलसेल तथा खुद्रा व्यापारमार्फत् किनमेल कम गर्दा यो क्षेत्र प्रभावित भएको विज्ञहरु बताउछन् । होलसेल तथा खुद्रा व्यापार भनेको दैनिक जीवनलाई आवश्यक पर्ने सामग्री र चलयमान हुने बजार हो तर उपभोक्ताको क्रयशक्ति घट्दा र उद्योरो बजार प्रणालीले गर्दा लगानी जोखिम कायम रहेको हुदाँ सो क्षेत्र प्रभावित बन्न पुगेको विज्ञहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार