वाणिज्य बैंकहरुले कमाए २२ अर्ब बढी नाफा, सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक

Garima_Business-Loan3

काठमाडौं । वाणिज्य बैंकहरुको मुनाफा २२ अर्ब भन्दा बढी पुगेका छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले साउनदेखि कार्तिकसम्म २२ अर्ब २९ करोड ८६ लाख नाफा कमाएका छन् ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंकहरु रहेका छन् ।
चार महिनाको अवधिमा नबिल बैंकले २ अर्ब ६९ करोड १० रुपैयाँ ग्लोबल आइएमई बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ नाफा कमाउँदा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ अर्ब ८२ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड , एनआईसी एशिया बैकले ३८ करोड ८१ लाख नाफा कमाउँदा कुमारी बैककले १ अर्ब ५९ करोड नाफा कमाएको छ । कुमारी पछि एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदा एनएमबिले चार महिनामा १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ । प्रभु बैंक लिमिटेडले १ अर्ब २३ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंककले १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै नेपाल एसविआई बैंककले १ अर्ब ७१ लाख रुपैयाँ , लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड बढी नाफा कमाउँदा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने ५५ करोड २७ लाख नाफा कमाएको छ । माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख रुपैयाँ नाफा कमाउँदा हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल बैंक लिमिटेडले ९३ करोड ८८ लाख रुपैयाँ नाफा गर्दा सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ । साथै, सानिमा बैंकले ६५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ भने सिटिजन्स बैंकले ४३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको हो ।
वाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम नाफा कमाउनेमा कृषि विकास बैंक रहेको छ । समीक्षा अवधिमा कृषि विकास बैंकको नाफा २२ करोड ७७ लाखले ऋणत्मक रहेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार