यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन् ।

इन्स्योरेन्सको मंसिर २६ गते बसेको संचालक समितिको ४५ औं बैठकको निर्णयबाट सीईओ पदमा आगामी चार वर्षका लागी गौतमलाई नियुक्त गरिएको छ ।

विगत तीन दशक भन्दा बढि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार समालेका भएको उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्मको अध्ययन पुरा गरेका छन् । उनको कार्यानुभव तथा कार्य सम्पादनको मूल्याङ्कन गर्दै कम्पनीले सीईओमा नियुक्त गरेको हो ।

कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिम वर्कमा विश्वास गर्छन् । गौतमको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति सँगै कम्पनी थप उचाईमा पुग्ने विश्वास गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार