युनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजारभन्दा बढी कित्ता शेयर निष्कासनमा

Garima_Business-Loan3

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९२ हजार ३२० कित्ता संस्थापक शेयर मंसिर २७ गतेदेखि निष्कासनमा आएको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउने गरी निष्कासनमा आएको हो ।

प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको यी शेयरमा आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।

न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।

यी शेयर विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

माघ २ गते अपरान्ह २ बजेभि विक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार