CLI

फर्स्ट माइक्रोफाइनान्सको करिब ७२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७१ हजार ९१५ कित्ता संस्थापक शेयर निष्कासनमा आएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर निष्कासनमा ल्याएको हो ।

प्रतिकित्ता २८० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

Leave Your Comment

Related News