काठमाडौं । बुधबार बढेको शेयर बजार बिहीबार पुनः ओरालो लागेको छ । अघिल्लो बुधबार देखि निरन्तर घटेको शेयर बजार बुधबार पुनः बढेको थियो भने आज बिहीबार घटेको छ ।
साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.४४ अंकले घटेर ४५८.२२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स २.५३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने २.२३ अंकले घटेको छ ।
बिहीबार ३०४ वटा कम्पनीको १ करोड २३ लाख ७१ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब १४ करोड ४० लाख ६५ हजार रह्यो । जुन बुधबारको तुलनमा १ अर्ब ९ करोड ३४ लाखले बढी हो । बुधबार ३०८ वटा कम्पनीको १ करोड १३ लाख ८६ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ५ करोड ६ लाख ५४ हजार पुगेको थियो ।
बुधबारको तुलनामा बिहीबार बजार पुँजीकरण रकममा कमी आएको छ । बिहीबार ४४ खर्ब ४९ अर्ब ११ करोड ३६ लाख बजार पुँजीकरण रकम हुदाँ बुधबार बजार पुँजीकरण रकम ४५ खर्ब ४ अर्ब ५५ करोड ६८ लाख रहेको थियो ।
बिहीबार ४० वटा कम्पनीको शेयर मूल्य बढ्दा २०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बुधबार भने २११ वटा कम्पनीको शेयर मूल्य बढ्दा २९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो ।
बिहीबार ११ वटा समूह सुचक बढ्दा बाँकी २ वटा समूह सुचक घटेको छ । उत्पादन र प्रशोधन २७ र म्युअुचल फण्ड ०.०८ अंकले बढेको छ भने बैकिङ २५, विकास बैंक ९०, वित्त ८८, होटल र पर्यटन १३४, जलविद्युत ३६, लगानी १, जीवन बीमा १८०, लघुवित्त ३४, निर्जीवन बीमा ११९, अन्य २० र व्यापार ६३ अंकले घटेको हो
।
बिहीबार सर्वाधिक कारोबार हुनेमा जानकी फाइनान्स, सर्वोत्तम सिमेन्ट, जोशी हाइड्रोपावर, मैलुङ हाइड्रोपावर कम्पनी र युनाइटेड मार्दी हाइड्रोपावर रह्यो । जानकी फाइनान्सको २६ करोड १२ लाख, सर्वोत्तम सिमेन्टको २१ करोड ५२ लाख, जोशी हाइड्रोपावरको १५ करोड २२ लाख, मैलुङ हाइड्रोपावर कम्पनीको १४ करोड १५ लाख र युनाइटेड मार्दी हाइड्रोपावरको १३ करोड ४८ लाख बराबर कारोबार भयो ।


