विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा पुस १९ मा

Garima_Business-Loan3

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस १९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ ।

मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल मेलम्ची क्याफे, सिन्धुपाल्चोकमा बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष पनि कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

अन्य कुन लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने संकेत पनि कम्पनीले गरेको छ । त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

आर्थिक वर्ष ०७७/७८ मा कम्पनीले ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्षहरुमा कम्पनीले लाभांश वितरण गरेको छैन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार